Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

ग्रिन ट्यालेन्ट अवार्डबाट दुई नेपाली सम्मानित

ग्रिन ट्यालेन्ट अवार्डबाट दुई नेपाली सम्मानित

काठमाडौं, ०६ कात्तिक । ‘ग्रिन ट्यालेण्ट अवार्ड २०१८’ बाट यो बर्ष दुई नेपाली सम्मानित भएका छन् ।

सन् २००९ बाट हरेक बर्ष संसार भरिबाट २५ जाना अनुसन्धानकर्ताहरुलाई सम्मानित गर्दै आएको ‘ग्रिन ट्यालेण्ट अवार्ड’ बाट यो बर्ष दुई नेपाली सागर काफ्ले तथा निरिना खड्गी सम्मानित भएका हुन् । जर्मन संघीय सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रि एञ्जा कर्लिच्जÞेकको संरक्षणमा यो अवार्ड युवा अनुसन्धान कर्तालाई प्रदान गर्दै आइएको छ । करिब १०० देशबाट ७३६ आवेदन परेको मध्यबाट २५ जाना छानिएकोमा काफ्ले तथा खड्गी यो बर्ष सम्मानित भएका छन् ।

पुर्वाञ्चल क्याम्पस धरानमा उप प्राध्यापकमा कार्यरत सागर लामो समय देखि नविकरणिय उर्जामा अनुसन्धान गर्दै आइरहेका छन् । नेपालमा बायोमासको सम्भावना, सो बायोमास प्रयोग गरेर प्यालेट उत्पादन कति गर्न सकिन्छ र कति उत्पादन खर्च लाग्छ, उत्पादित प्यालेट कसरि प्रयोग हुँदै आएको कोइला सो सरह क्षमताको उत्पादन गर्न सकिन्छ भन्ने कुरामा उनका अनुसन्धानात्मक कृतिहरु अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले नतृत्व गरेको टिम ’ग्रिन कोल प्यालेट’ हालै नेपालमा सम्पन्न क्लाइमेट लन्चप्याड प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरेको छ । सो आइडिया यहि नोभेम्बरमा स्कटल्याण्डमा हुन गै रहेको ग्राण्ड फाइनलमा नेपालको नेतृत्व गर्दै भाग लिन गै रहेको छ ।

यस्तै, केन्द्रिय वातावरण विभाग, त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नात्तोकोत्तर गरेर हाल होहाई विश्वविद्यालय चिनबाट विद्यावारिधी गरिरहेकी निरिना सौर्य उर्जाको प्रयोग गरेर पानी शुद्धिकरण गर्ने विधि (फोटोक्याटालाइसिस) को प्रविधि विकासमा अनुसन्धान गरिरहेकी छिन । उनका पानि शुद्धिकरण सम्बन्धि लेखहरु अन्ताराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

शिक्षा तथा अनुसन्धान मन्त्रालयको सभाहलमा भएको कार्यक्रममा मन्त्रालयका सचिब डा. जर्ज शुटेले अवार्ड हस्तान्तरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x