Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

सेयर बजारमा २ अंकको गिरावट, १६ करोडको कारोबार

सेयर बजारमा २ अंकको गिरावट, १६ करोडको कारोबार

काठमाडौं, ५ कात्तिक । मंगलबार सेयर बजारमा गिरावट आएको छ । दशै विदा पछि हिजो खुलेको बजार ४ अंकले बढेपनि मंगलबार भने २.४१ अंकले घटेर १२४४.११ को बिन्दुमा ओर्लिएको छ ।

होटल, विकास बैंक र फाइनान्स समूहको परिसूचक बढेपनि अन्य समूहको परिसूचकमा भने गिरावट आएको छ । होटल समूहको परिसूचक २१.९४, विकास बैक ७.१४ र फाइनान्स समूहको परिसूचक ०.३२ अंकले मात्र बढेको छ ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६२.०६ अंकले गिरावट आएको छ । निर्जीवन बीमा समूह २९.२, जिवन बीमा समूह १८.७६, हाइड्रोपावर ४.६६ अंकले घटेको छ।

त्यस्तै १ सय ४१ कम्पनीको १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार भने प्रभु बैंकको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x