Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल राष्ट्र बैंकले साढे १२ अर्वको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले साढे १२ अर्वको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले १२ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल खरिद गर्नका लागि आज ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी बन्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी मंगलबार जारी हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको लागि ५ अर्ब ५० करोड, १ सय ८२ दिन अवधिको लागि ५ अर्ब र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको बिल जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल २०७५ माघ ८ गते परिपक्क हुनेछ । १ सय ८२ दिने ट्रेजरी बिल २०७६ वैशाख १० गते र ३ सय ६४ दिने ट्रेजरी बिल २०७६ कात्तिक ५ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x