Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

प्रधानमन्त्री अस्वस्थ्य, केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री अस्वस्थ्य, केही दिन अस्पतालमै राखिने

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ। प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ। रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएको थियो।

उनको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ। सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको उल्लेख छ।

प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हो। विज्ञप्ति अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x