मंगलबार शेयर बजार ७ अंकले बढ्यो
काठमाडौं, १३ कात्तिक । दुई दिन सम्म लगातार ओरालो लागेको शेयर बजार कारोबारको तेस्रो दिनमा भने उकालो लागेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ७.४३ अंकले बढेर १,२२४.३६ बिन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्सेमा कुल १६३ कम्पनीहरुको ९,२४,६६५ कित्ता शेयर खरिद बिक्री हुदाँ २२,१८,०४,४०६ रुपैयाँको कारोबार भएको छ ।
सबै भन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको मंगलबार १,८०,२३,००० रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको हो । सबै भन्दा बढी कमाउनेमा नेपाल सेवा लघुवित्तका लगानीकत्र्ताहरु रहेका छन् भने सबै भन्दा बढी गुमाउनेमा अपि पावर कम्पनीका लगानीकत्र्ताहरु रहेका छन् ।
मंगलबार बैंकिङ्ग समुह, फाईनान्स् समुह, बिकास बैंक समुह, र्निजीवन बीमा समुह, जीवन बीमा समुह उत्पादन तथा प्रसोधन समुह र अन्य समुहको परिसुचक बढेको छ । भने होटल समुह, हाईड्रो पावर समुह, र माइक्रोफाईनान्स् समुहको परिसुचक घटेको छ ।