Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

निर्यात घट्दा आयत बढ्यो, २ महिनामा मात्र २ खर्ब १७ अर्ब रुपैयाँ

निर्यात घट्दा आयत बढ्यो, २ महिनामा मात्र २ खर्ब १७ अर्ब रुपैयाँ

काठमाण्डौ, १३ कात्तिक । आयत प्रतिस्थापन गरि निर्यात बढाउने भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु बनाई रहन्दाँ मुलुकमा आयत भने बढ्दो छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनामा नै कुल बस्तु आयत ४१ दशमलव २ प्रतिशतले बढेर २ सय २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंक द्धारा सार्वजानीक तथ्यांक अनुसार साउन र भदौ महिनामा कुल वस्तु निर्यात भने १४ अर्ब ७० करोड रुपैयाँको मात्र भएको छ ।

निर्यातको तुलनामा आयत अत्याधिक भएका कारण साउन र भदौ महिनामा मात्र मुलुकले कुल २ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ व्यापार घाटा खेपेको छ । भारत, चीन लगायत अन्य मुलुकहरुबाट वस्तु आयत बढेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३८ दशमलव ९ प्रतिशत, चीनबाट भएको आयात १३ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५५ दशमलव २ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपूर्जा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ सम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ ।

यसैगरि अघिल्लो बर्षको सोही अवधीको तुलनामा वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । केन्दि«य बैंक द्धारा सार्वजानीक तथ्यांक अनुसार अघिल्लो बर्षको साउन र भदौ महिनामा मुलुकको निर्यात ३ दशमलव २ प्रतिशतले वृद्धि हुदाँ कुल वस्तु आयत भने १२ दशमलव ६ प्रतिशतले बढेको थियो । गन्तब्यका आधारमा भारततर्फ १३ दशमलव ६ प्रतिशत, चीनतर्फ ११ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव ० प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुस, लगायतका वस्तुको निर्यात बढेको छ । भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

भन्सार नाकाका आधारमा साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, मेची भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट गरिएको निर्यातमा वृद्धि भएको छ भने नेपालगञ्ज, वीरगञ्ज सुख्खा वन्दरगाहा भन्सार कार्यालय, कृष्णनगर तथा कैलाली भन्सार नाकाहरूबाट गरिएको निर्यातमा भने ह्रास आएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा वीरगञ्ज भन्सार कार्यालय, सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा वृद्धि भएको छ भने अन्य नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४१ दशमलव २ प्रतिशतले विस्तार भई २ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ३ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ दशमलव १ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x