Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तरलताको समस्या समाधान गर्ने राष्ट्र बैंकद्धारा मंगलबार ४ अर्ब रुपैयाको टे«जरी बिल जारी, ट्रेजरी बिलको रेटमा ३ प्रतिशत वृद्धि

तरलताको समस्या समाधान गर्ने राष्ट्र बैंकद्धारा मंगलबार ४ अर्ब रुपैयाको टे«जरी बिल जारी, ट्रेजरी बिलको रेटमा ३ प्रतिशत वृद्धि

काठमाडौं, १३ कात्तिक । वित्तिय क्षेत्रमा पछिल्लो समय लगानी योग्य पुँजीको अभाव देखिएको छ । तरलता अभाव हुन नदिन वित्तिय बजारको माग र बैंकिङ्ग क्षेत्रमा राष्ट्र बैंकले मंगलबार ४ अर्ब रुपैयाको टे«जरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सोमबार अपरान्ह ३ बजे सम्म बोलकबोलमा हुने गरि सुचना प्रकाशित गरि उक्त टे«जरी बिल मंगलबार जारी गरेको हो । पछिल्ला दिनहरुमा अन्य बैंकहरुमा पनि अन्तर बैंक ब्याजदर बढ्दै गएको कारण ट्रेजरी बिलहरुको पनि रेट बढेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउंछन् । अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथी गएको कारण टे«जरी बिलको रेट पनि ३ प्रतिशतले बढेको उनको भनाई छ ।

तर केन्द्रिय बैक भने अहिले नै खासै तरलता अभाव नभएको दावी गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले केहि बैंकको कर्जा तथा निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशतले नाघेको हो तर बजार हल्ला चले जस्तो तरलता अभाव नरहेको उनी दावी गर्छन् । उनका अनुसार संचालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये २३ वटा बैकको सिसिडी रेसियो ८० प्रतिशत ननाघेकोले तरलता अभाव नरहेको उनको भनाई छ । राष्ट्र बैंकका अनुसार ५ वटा बाणिज्य बैंकहरुको मात्र राष्ट्र बैंंकले तोकेको कर्जा तथा निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत माथि पुगेको छ । हाल वित्तिय बजारमा ५३ अर्ब रुपैयाँ भन्दा बढीको तरलता रहेको उनको भनाई छ ।

बैंक तथा वित्तिय संस्थामा बिगत २ बर्ष यता तरलताको सम्स्या अत्याधिक मात्रामा दोहोरिरहेको छ । राष्ट्र बैंकले पुँजी वृद्धिको नीति ल्याए पश्चात बैंकहरुले निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी जोड दिएको कारणले यस्तो समस्या दाहोरीएको बैकर्सहरुको भनाई छ । पुर्व बैंकर्स किशोर महर्जनका अनुसार नेपालीहरु औसतमा बचत गर्ने बानी र सरकारले लक्ष्य भन्दा अनुसार नै राजश्व संकलन गरेता पनि पुँजीगत खर्च हुन नसक्दा विगत देखि नै तरलता अभाव हुदै आएको उनको भनाई छ ।

साधारणतय नेपालमा अन्य समयमा भन्दा चाडपर्वको समयमा दोब्बर खर्च हुने जानकारहरु बताउदछन् । पुर्व बैंकर्स महर्जन भन्छन् “यो समयमा आयतित वस्तुहरुमा बैंकमा जम्मा भएको पैसा खर्च हुने र भन्सार राजश्व पनि सरकारले यहि समयमा बढी संकलन गर्ने गर्छ । तर खर्चको अनुपातमा सरकारी ढुकुटीमा जम्मा भएको पैसा बाहिर नल्याउने गर्दा यस्तो समस्या भएको हो ” ।

बजारको माग र आवश्यकता अनुसार सिसिडि रेसियो घटबढ भएको भएता पनि हाल बैंकिङ्ग च्यानलमा धेरै लगानी योग्य पँुजीको अभाव नभएको बैंकर्सहरुको भनाई छ । दशैं अगाडी र दशैंको समयमा बजारमा परिचालन भएको पैसा बैंकिङ्ग च्यानलमा नआए तिहार पछि भने यो समस्या झनै जटिल बन्दै जाने बैकर्सहरुको बताउंछन् । पहिलो त्रैमासिकमा मात्र बाणिज्य बैंकहरुले १ खर्ब २५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ,यहि गतिमा कर्जा लगानी गर्ने हो भने चालु आर्थिक बर्षमा ५ खर्ब भन्दा बढी कर्जा बाणिज्य बैंकहरुबाट मात्र बिस्तार हुने अनुमान गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x