Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपालमा व्यावसाय गर्ने वातावरण खस्कियो

नेपालमा व्यावसाय गर्ने वातावरण खस्कियो

काठमाडौं, १५ कार्तिक । नेपालमा व्यावसाय गर्ने वातावरणमा ह्रास आएको छ । विश्व ब्यांकले हरेक वर्ष सार्वजनिक गर्ने ‘डुइङ विजनेस’ सम्बन्धि प्रतिवेदनले गत वर्षको तुलनामा व्यावसाय गर्ने वातावरणका आधारमा नेपाल पाँच स्थान ओरालो लागेको छ । १९० देशहरुको अध्ययन गरिएकोमा नेपाल ११० औं स्थानमा छ ।

नेपालमा कर तिर्ने प्रक्रिया सरल नहुँदा व्यावसाय गर्ने वातावरणमा असहजता देखिएको विश्व बैंकले उल्लेख गरेको छ । सामाजिक सुरक्षा सम्बन्धि भुक्तानीमा सुधार गरी कर तिर्ने प्रक्रिया सरलीकरण गर्नुपर्ने विश्व ब्यांकको प्रतिवेदनमा उल्लेख छ ।सन् २०१७ मा जारी भएको श्रम ऐनले नेपालमा श्रमिकका लागि उपदान तथा दुर्घटना बीमाको व्यवस्था गरेको भएपनि यसले ठूलो प्रशासनिक खर्च बढाएको छ । अझै पनि रोजगारदाताले हरेक महिना पैसा बुझाउनुपर्ने अवस्था छ । विश्वभरको औसतमा एक करदाताले २४ कर भुक्तानी गर्नुपर्छ र कर भुक्तानीका लागि व्यतीत गरिने समय २३७ घण्टा छ , नेपालमा भने ३९ कर भुक्तानी गर्नुपर्छ र यसका लागि ३५३ घण्टा लाग्छ ।

नेपालमा सामाजिक खर्चका लागि राजस्व वृद्धि गर्नुपरेको छ । त्यस्तै, कागजात, दस्तावेज र लेखाप्रणालीका सम्बन्धमा अझै धेरै झञ्झट बेहोर्नुपर्ने अवस्था छ । कर भुक्तानी दायित्वलाई सहज बनाउन नेपालको कर प्रशासनले काम गर्नुपर्ने विश्व ब्यांकको सुझाव छ । कर दायित्वले निजी क्षेत्रको लगानीमा ह्रास आएको विश्व बैंकको भनाई छ । कर सम्बन्धि प्रावधानहरु र कर भुक्तानी दायित्वका आधारमा नेपाल १९० मध्ये १५८औं स्थानमा रहेको छ । यो दश ओटा सूचकहरुका आधारमा गरिएको अध्ययनमा सबैभन्दा तल्लो श्रेणी हो । करबाहेक, ठेक्का लागू गर्ने, निर्माण अनुमति जारी गर्ने र सहज रुपमा विद्युत् उपलब्ध हुने जस्ता सूचकहरुमा मूल्यांकन गर्दा नेपाल क्रमशः १५४, १४८ र १३७ औं स्थानमा आउँछ । दक्षिण एसियाली मुलुकहरुमा भारतले भने उल्लेख्य प्रगति गरी पहिलो ७७ स्थानमा आफ्नो श्रेणी सुरक्षित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x