Date

शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025

अर्थमन्त्री खनालको आग्रह : ‘नेपाल भ्रमण गरेर प्राकृतिक र सांस्कृतिक धरोहर अनुभूति गर्नुस्’

अर्थमन्त्री खनालको आग्रह : ‘नेपाल भ्रमण गरेर प्राकृतिक र सांस्कृतिक धरोहर अनुभूति गर्नुस्’

काठमाडाैं, ३१ असाेज । अर्थमन्त्री रमेश्वर प्रसाद खनालले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल भ्रमणका लागि आह्वान गर्दै देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध भएको बताएका छन्।

विश्व बैंक समूहद्वारा बिहीबार आयोजित “सस्टेनेबल टुरिज्म: फर जोब्स, लाइभलिहुड्स एण्ड इकोनोमिक ग्रोथ” शीर्षकको छलफल कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको पर्यटन क्षेत्रले रोजगारी, जीविकोपार्जन र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्न सक्ने उल्लेख गरे।

उनले नेपाललाई विविध पर्यटन सम्भावनायुक्त देशका रूपमा वर्णन गर्दै हिमाल, पहाड र तराईको अनौठो भौगोलिक र सांस्कृतिक मिश्रणले पर्यटकलाई अद्वितीय अनुभव दिने बताए।

मन्त्री खनालले नेपाल भ्रमण गर्ने पाहुनालाई तातो आतिथ्य र विश्वस्तरको सेवा प्रदान गर्ने देशको परम्परा रहेको उल्लेख गर्दै सरकारले पर्यटकको बसाइलाई सुरक्षित, सहज र स्मरणीय बनाउन प्रतिबद्ध रहेको आश्वासन दिए।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधि र अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूको सहभागिता रहेको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *