Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आइएमई ग्रुपरका कर्मचारी र सेवाग्राहीहरूलाई नउलिन स्पोर्टस् भिल्लामा छुट

आइएमई ग्रुपरका कर्मचारी र सेवाग्राहीहरूलाई नउलिन स्पोर्टस् भिल्लामा छुट

काठमाडौं, १५ कात्तिक । आइएमई ग्रुपर र नउलिन स्पोर्टस् भिल्ला वीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्ला माटेनिस खेल्दा १५ प्रतिशत छुट पाउनेछन् ।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स÷मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्ने छन् । यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनु पर्नेछ ।

आइएमई ग्रुपले रेमिटेन्स, बैंकिङ्ग, इन्सोरेन्स, सूचना–प्रविधि, पर्यटन, ट्राभल एण्ड टुर्स, हस्पिट्यालिटी, अटोमोबाइल, उर्जा लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै रोजगारी अवसर सिर्जना गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x