Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार

पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार

काठमाडौं, १७ कात्तिक । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको आयोजकले जनाएको छ ।

प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरिरहेको छ । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको हो । अब आइतबार समेत गर्दा ६२ लाख बढीको कारोबार हुने आँकलन एशोसिएसनले गरेको छ । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश छन् । मेला आइतबार सकिँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x