Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तरलता अभावको प्रभाव सेयर बजारमा, गतसाता ६ दशमलव ५१ को गिरावट

तरलता अभावको प्रभाव सेयर बजारमा, गतसाता ६ दशमलव ५१ को गिरावट

काठमाडौं, १७ कात्तिक । गत साता सेयर बजार उत्तार चढाव पूर्ण रह्यो । ५ कारोबार दिन मध्ये मंगलबार एक दिन मात्र बजार बढेको थियो ।हाल बैंकहरुमा देखिएको तरलता अभावका कारण सेयर बजार पनि प्रभावित भएको विश्लेषण गरिएको छ । योसँगै बैंकले समयमा बोनस तथा नगद लाभांश घोषणा नगरेपछि लगानीकर्ताहरु त्यसको पर्खाइमा रहेकाले कारोबार समेत सोचे अनुसार हुन नसकेको बताइन्छ ।

अघिल्लो साताको अन्तिम दिन १ हजार २ सय ४१ दशमलव ११ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार २ सय २० दशमलव ९८ विन्दुमा सीमित रहेको थियो । गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने बजार परिसूचक ६ दशमलव ५१ प्रतिशतले घटेको थियो ।

सातामा जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको परिसूचक घटेको थियो । अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत साताको अन्तिम कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति १ दशमलव ६२ प्रतिशतले घटेर १४ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित रहेको छ । साथै, कारोबार रकम १० दशमलव ९९ प्रतिशतले घटेको हो ।

साताको पहिलो दिनको तुलनामा अन्तिम दिन जीवन बीमा समूहको परिसूचक २४ दशमलव ७८ अंक र उत्पादन तथा प्रशोधनको १८ दशमलव ९५ अंकले बढेको छ । बैङ्किङ समूहको परिसूचक ६ दशमलव शून्य ८, विकास बैंक ३ दशमलव ९९ अंकले घटेको छ ।

गत साता २१ हजार १ सय ११ कारोबारबाट १ सय ८३ कम्पनीहरुको ४५ लाख ७७ हजार २ सय ४० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट १ अर्ब २१ करोड १८ लाख रुपैयाँ बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १८ दशमलव ८९ प्रतिशत बढि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x