Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको प्रक्रिया सुरु

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको प्रक्रिया सुरु

काठमाडौं, १७ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानुनी कारवाही प्रक्रिया सुरु गरेको छ । कोषले पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट वञ्चित गर्ने र कालोसूचीमा राख्ने लगायतका कानुनी कारवाही गर्ने तयारी गरेको जानकारी दिएको हो ।

कोषको भाखा नाघेको कर्जा उठ्न बाँकी २७ करोड पाँच लाख ६४ हजार रूपैयाँ छ । सो कर्जा नतिर्नेलाई कानुनी प्रक्रिया अगाडि बढाएको कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले बताए । कोषले हालसम्म तीन अर्ब ५९ करोड ३१ लाख ३३ हजार ८९६ रूपैयाँ लगानी गरेको छ ।

नेपालका १८ देखि ५० वर्षका बेरोजगार युवालाई स्वरोजगार बनाई तिनमा रहेको सीप, प्रतिभा र जाँगरलाई देशभित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने लक्ष्यका साथ सरकारले २०६५ सालमा सो कोष स्थापना गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x