सामसङको नयाँ फोल्ड ७: शार्क ट्याङ्क नेपालसँग नवप्रवर्तनको नयाँ अध्याय
काठमाडाैं, १० कार्तिक । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन श्रृंखला ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गर्दै नेपाली बजारमा प्रविधिको नयाँ युग सुरु गरेको छ । नयाँ पुस्ताका यी फोल्डेबल फोनहरूलाई सामसङले विशेष समारोहमार्फत शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गर्दै नवप्रवर्तन र उद्यमशीलताको सहकार्यलाई विशेष रूपले उजागर गरेको छ ।
यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई औपचारिक रूपमा प्रतिविम्बित गरेको छ । प्रविधि, मिडिया र उद्यमशीलतालाई एउटै मञ्चमा ल्याउँदै यस साझेदारीले नेपालमा नवप्रवर्तनको संस्कृति विस्तार गर्ने उद्देश्य लिएको सामसङ नेपालले जनाएको छ ।
कार्यक्रममा सहभागी शार्कहरूले नयाँ पुस्ताका फोल्डेबल फोनमा समावेश एआई–सञ्चालित विशेषता, उच्च कार्यसम्पादन र आधुनिक डिजाइनको अनुभव गरे । उनीहरूले सामसङका फोल्डेबल डिभाइसहरूलाई भविष्यका उद्यमशील प्रविधिको प्रतिकको रूपमा व्याख्या गरेका थिए ।
सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले कार्यक्रममा भने, “सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ, जुन शार्क ट्याङ्क नेपालको आत्मासँग मेल खान्छ। ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हुन् — ती व्यक्तिहरूका लागि बनेका छन् जो विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्छन्।”
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले, सशक्त मल्टिटास्किङ क्षमता र सहज प्रयोग अनुभवमार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याएको छ । यसको हल्का संरचना र परिष्कृत फोल्डिंग प्रविधिले फोल्डेबल स्मार्टफोन बजारमा सामसङको अग्रता अझ बलियो बनाएको छ ।
यस कार्यक्रममार्फत सामसङले प्रविधि र उद्यमशीलताको संगमलाई नेपाली बजारमा नयाँ ऊर्जा प्रदान गरेको छ, जसले युवा उद्यमीहरूलाई नवप्रवर्तनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।



