Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सहयोगी विकास बैंकको नाफामा ३ सय प्रतिशतले वृद्धि

सहयोगी विकास बैंकको नाफामा ३ सय प्रतिशतले वृद्धि

जनकपुर, १८ कात्तिक । सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकको घाटा १ करोड १ लाख ८६ हजार रुपैयाँ रहेकोमा बैंकले चालु वर्षको पहिलो त्रैमासमा २ करोड २ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी बैंकले खुद नाफालाई २२७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा बैंकको खुद नाफा १ करोड २८ लाख ७९ हजार ४४० रुपैयाँ रहेको छ ।

बैंकले निष्क्रिय कर्जा १.२३ प्रतिशतमा झारेको छ । गत बर्ष बैंकको निष्क्रिय कर्जा २.५४ प्रतिशत रहेको थियो । त्यस्तै प्रति सेयर आम्दानी १०.१२, प्रतिसेयर नेटवर्थ १४६.४३, मूल्य आम्दानी अनुपात २१.५४ प्रतिसेयर, कुल सम्पत्तिको मूल्य रु. १,०००.९८ रहेको छ । त्यस्तै बैंकको तरलता अनुपात प्रतिशेयर ३७.७९ रहेको छ । सीसीडी रेसियो ६८ प्रतिशत रहेको जनाएको छ ।

संस्थागत सुशासन र वित्तीय अनुशासन पालनासँगै ग्राहकमूखि सेवा प्रदान गर्दै आएका र कर्मचारीहरुको प्रयासबाट उक्त नाफा बृद्धि गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए ।

हालैमात्र संचालनको १६ औं बर्षमा प्रवेश गरेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न ११ स्थानमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । बैंकले थप तिन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ ।

हाल बैंकको कष्ट अफ फण्ड ७.१२ प्रतिशत छ भने बेस रेट १०.११ प्रतिशतमा ल्याउन सफल भएको छ । जसले गर्दा कर्जा लगानीमा व्याज पनि १०.५० देखि १५.५० सम्म राख्न सफल रहेको छ । जुन ‘क’ वर्गका बैंकहरु सँगको समानतामा रहेको छ ।
बैंकको ग्राहक संख्या ७५ हजार रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x