Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

७१.५७ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

७१.५७ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

काठमाडौं, १८ कात्तिक । प्रभु बैंक लिमिटेडले चालु आथिृक वर्षको पहिलो ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको खुद मुनाफा चालु आर्थिक वर्षमा भने ७१.५७ प्रतिशतले वृद्धि भएको बैंकको लेखापरीक्षण नभएको वित्तीय विवरणमा उल्लेख छ ।

समिक्षा अवधीमा बैंकले ६४ करोड ३१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । १ अर्ब १३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको निष्कृय कर्जा अनुपात २.५१ प्रतिशतमा ओर्लिएको छ । अघिल्लो वर्षको पहिलो ३ महिनामा बैंकको खराब कर्जाको अनुपात ४.२३ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *