Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बजारमा तिहारको चहल पहल, पसलै पिच्छे मूल्य बृद्धि गरेको उपभोक्ताको गुनासो

बजारमा तिहारको चहल पहल, पसलै पिच्छे मूल्य बृद्धि गरेको उपभोक्ताको गुनासो

दिलु कार्की काठमाडौं, १८ कात्तिक । हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा बजारमा सामान किन्नेहरुको भिडभाड बढ्न थालेको छ । विशेष गरि काठमाडौं उपत्यकाको असन, भोटाहिटी, न्यूरोड, इन्द्रचोक लगायत अन्य मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किन्ने उपभोक्ताहरुको भिडभाड देखिन्छ ।

उज्यालोको पर्वको रुपमा समेत लिइने तिहारमा मैनबत्ती, इलेक्ट्रिक बत्ति देखि तामाको भाडा, मिठाई, भाइमसला र सुनका गरगहराको कारोबार बढी हुने गरेको छ । धेरै सामान खरिद हुने यो बेला व्यापारीहरुले पसलै पिच्छे मूल्य बृद्धि गरेको उपभोक्ताको गुनासो छ ।
तर व्यापारीहरु भने यो बर्ष डलरसँग नेपाली मुद्रा कमजोर हुँदा र सरकारले करको दरमा बृद्धि गरेको प्रभाव स्वरुप अन्य मुलुकबाट आयातित सामानको मुल्य केही बढ्न गएको बताउछन् ।

हरेक वर्ष चाडपर्वका बेला उपभोक्ताहरु चर्को मूल्य तिरेर सामान खरिद गर्न बाध्य हुन्छन् । बजारमा व्यापारीहरुले मनोमानी मूल्य बृद्धि गर्दा पनि सरकार मुकदर्शक बन्दा चाडपर्व मनाउनै गाह्रो हुने गरेको उपभोक्ताको गुनासो छ ।

तिहारमा भाइमसालाको रुपमा प्रयोग गरिने काजु प्रतिकेजी १६ सय रुपैयाँ, बदाम १४ सय रुपैयाँ, किसमिस ६ सय रुपैयाँ, छोगडा २ सय र ओखर ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । नेपालमा छिमेकी मुलुक भारत र चीन सहित बेलायत, इटाली लगायतका मुलुकहरुबाट समेत तिहारका लागि आवश्यक सामानको आयात हुने गरेको व्यवसायीहरु बताउछन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा तिहारका सामाग्रीमा मात्र अवौ रुपैयाँ बाहिर जाने गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x