छठपर्व मनाइँदै, रानीपोखरी पुनर्निर्माण नभएकोमा भक्तजनको गुनासो
दिलु कार्की, काठमाडौं, २७ कात्तिक । आज राजधानी तथा तराईमा छठपर्व मनाइदैं छ । आईतबार देखी शुरु भएको छठपर्व प्रकृतिप्रति कृतज्ञता र सुर्य देवको आराधाना गर्दै व्रत राखी मनाइन्छ । सबै मानव र जीवहरु प्रति सहानुभुति राख्दै अहिसा र सत्य प्रति सबै मानिहरुको ध्यान बढाउने उद्देश्यले मनाईने यो पर्वमा आज अस्ताउँदो र भोली उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
छठपर्वमा आवश्यक सामानहरुको खरिद बिक्रीले बजारमा पनि चहलपहल बढेको छ । विषेश गरि फुलमाला, विभिन्न प्रकारका विजुलीका बत्तीहरु र फलफुलहरुको किनमेल बढेको छ । तिहारमा र छठपर्वमा नै बर्ष भरिमा भन्दा ४ गुना बढी व्यापारहुने फलफुल व्यापारी कलिक नुर हुसेनको भनाई छ । व्यापारीहरु बजारको आवश्यकतालाई हेरी मुल्य वृद्धि गर्ने गर्दछन् । केही समय अगाडी भन्दा अहिले फलफूलमा व्यापारीले दोब्बर मूल्य बढाएको उपभोक्ताको गुनासो छ । आवश्यक सामान किन्नै पर्ने हुँदा व्यापारीले मौकाको फाईदा उठाएको उपभोक्ता अजिमा साहको भनाई छ ।
राजधानीको रानीपोखरीमा छठ पर्व मनाइदै आएकोमा २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण हुन नसक्दा भक्तजनका साथै सबैमा नैराश्यता छाएको छ । विगतका वर्षहरुमा रानीपोखरीमा छठपर्व मनाउँदा खर्च समेत कम लाग्ने गर्दथ्यो तर अहिले अन्य खोलाहरुमा पर्व मनाउने तयारीमा नै बढी खर्च हुने गरेको स्थानिय अनिता साहले बताईन ।
राजधानीमा छठपर्व मनाउने भक्तजनहरु सरकारले रानीपोखरी पुनर्निर्माण नगरेकोमा आक्रोस व्यक्त गर्दछन् । भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा सो भन्दा अगाडी राजधानीका सम्पुर्ण भक्तजनहरु छठ मनाउन जम्मा हुने थलो रहेको थियो । रानीपोखरीको अवस्था अहिले झन् जीर्ण बन्दै गएको छ ।
राजा प्रताप मल्लले राजधानीबासीको लागी खानेपानीको मुहानको रुपमा निमार्ण गरेको रानी पोखरीमा पछि रानीको सम्झना स्वरुप मन्दिर निर्माण गरिएको थियो । त्यस पश्चात् निकै चर्चा तथा प्रख्यात बन्न पुगेकोे रानी पोखरी भुकम्पले क्षति ग्रस्त भएपछि त्यसको पुनर्निर्माणका लागि धेरै पहलहरु भएको थियो । पुनर्निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भुकम्प दिवसका दिन शिलान्यास पनि भएको थियो तर शिल्यानास भन्दा अगाडी पुनर्निर्माण प्रकृया अगाडी बढ्न सकेन । पुनर्निर्माणको विषय विवादित बन्दै गरेको समयमा नै पुनः दोस्रो पटक काठमाडौंका मेयर र उपमेयरले शिलान्यास गर्ने काम गरेका थिए तर साठे ३ बर्ष बिति सक्दा पनि रानीपोखरी ज्यु को त्यु अवस्थामा छ ।
छठपर्व मनाउने भक्तजनहरुसंगै काठमाडौं घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु पनि रानीपोखरीको पुनर्निर्माणको प्रतिक्षामा रहेका छन् । रानी पोखरी नेपालमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेको छ । भारतबाट पनि नेपालका आफन्तहरुसंग छठपर्व मनाउन नेपाल आईपुगेका भारतिय नागरिक उदय महेश्वरी रानीपोखरीको पुन निमार्ण नहुदाँ नेपालमा छठ मनाउन नै आउन मन नलाग्ने बताउँछन् । विगतका बर्षहरुमा भारतबाट जमात नै भएर छठ मनाउने र नेपालका अन्य ठाँउहरु भ्रमण गर्ने उनीहरु भुकम्प पश्चात त्यो क्रम नै सकिएको महेश्वरीको भनाई छ ।
रानीपोखरी राम्रो अवस्थामा हुँदा छठपर्व मनाउने भक्तजनहरुको गन्तव्य पनि अहिले छरपष्ट्र भएको छ । रानीपोखरीमा भुकम्पले क्षति पु¥याए पश्चात छठपर्व मनाउने भक्तजनहरु राजधानीका विभिन्न खोलानाला तथा पोखरीहरुमा विस्तापित भएका छन् । अहिले बागमती नदीले छोएको गौरीघाट र अन्य स्थानहरु, कमलपोखरी लगाएत राजधानीका अन्य खोलानाला तथा पोखरीहरुको किनारामा छठपर्वको रौनक देख्न सकिन्छ ।