Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा १७ करोडको कारोबार

मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा १७ करोडको कारोबार

काठमाडौं, २७ कात्तिक । निरन्तर दुई दिन दोहोरो अकंले घटेको सेयर बजार कारोबारको तेस्रो दिनमा भने दोहोरो अंकले नै वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचक १३ दशमलव ९७ अंकले बढेर १,२०७.३१ विन्दुमा कारोबार बन्द भएको छ ।

मंगलबार कारोबार भएका कुल १५० कम्पनीको ६,५५,५९७ कित्ता शेयर खरिद बिक्री हुँदा १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । अघिल्लो दिनको भन्दा करिब डबलले नै कारोबार रुकमा आज वृद्धि भएको छ । सोमबार कुल सेयर कारोबार रकम ९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

मंगलबार सबै भन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । बैंकको आज १ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।
यस्तै सबै भन्दा बढी कमाउनेमा उन्नती माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी गुमाउनेमा एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मुल्य ८.५७ प्रतिशतले घटेको छ ।

यसैगरि मंगलबार फाइनान्स समुह बाहेक सबै समुहको परिसुचक उकालो लागेको छ । सो दिन फाईनान्स समुहको परिसुचक ०.२५ अंकले घटेको छ ।

मंगलबार सबै भन्दा बढि जिवन बीमा समुहको परिसुचक ७७.०९ अंकले वृद्धि भएको छ । परिसुचक वृद्धि हुनेमा क्रमश निर्जीवन बीमा समुह ७५.१४ अंक, होटल समुह ३६.५७ अंक, बैंकिङ्ग समुह १४.६९ अंक, बिकास बैंक समुह १२.५९ अंक, माईक्रोफाईनान्स समुह १०.५८ अंक, अन्य समुह ६.५६ अंक र जल विद्युत समुहको परिसुचक ०.२८ अंकले उकालो लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x