Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

गुराँस लाइफद्वारा ३५ करोड ४५ लाख बीमा शूल्क आर्जन

गुराँस लाइफद्वारा ३५ करोड ४५ लाख बीमा शूल्क आर्जन

काठमाडौं, २ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले बढी भएको जनाइएको छ ।

गत आर्थिक वर्ष २८ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै यो अवधिमा इन्स्योरेन्सले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

हाल ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोष ४ अर्ब ५८ करोड रुपैयाँ, जगेडा कोषमा २८ करोड ७२ लाख र महाविपत्ति कोषमा तीन करोड ८१ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, कम्पनीले कुल २ लाख ३७७ बीमालेखवाट ६ अर्ब २४ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x