Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २ मंसिर । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) नकारात्मक देखिएको छ । आज सेयर बजार १०.१४ अंकले घटेर १,१९४.८७ विन्दुमा कारोबार बन्द भयो ।

कारोबार भएका कुल १ सय ४५कम्पनीको ३३ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । उक्त दिन सबै भन्दा बढी सेयर किनबेच नेपाल बैंक लिमिटेडको भएको छ । बैंकको कुल १४ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

पञ्चकन्यामाई हाईड्रोपावरका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको सेयर मुल्य २.४४ प्रतिशतले बढेको छ । त्यस्तै, सबै भन्दा बढी समता माईक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् । संस्थाको सेयर मुल्य ८.४९८७६ प्रतिशतले घटेको छ ।
कारोबार शुरु भएको पहिलो दिन व्यापार समुह बाहेक सबैको समुहको परिसुचक ओरालो लागेको छ । व्यापार समुहको परिसुचक ०.८४ अंकले बढेकोछ ।

सो दिन सबै भन्दा बढी जिवन बीमा समुहको परिसुचक ४९ प्रतिशतले घटेको छ । बैकिङ्ग समुह १०.१६ अंक, होटल समुह ०.२८ अंक, बिकास बैंक समुह ९.४३ अंक, जलविद्युत समुह १२.५८ अंक, फाईनान्स् समुह ३.९ अंक, अन्य समुह ७.१ अंक, माइक्रोफाईनान्स समुह ८.८८ अंक र निर्जीवनबीमा समुह २९.८ अंकले घटेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x