एनआइसी एसिशयाले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौ, २ मंसिर । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पँजीको १० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकको ३७७ औं संचालक समितिको बैंठकले उक्त बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी आठ अर्व ३१ करोड रुपैयाँ रहेको छ। बैठकले कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको २१ औं साधारणसभाबाट पारित गरी वितरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *