Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंकहरुको नाफामा उत्साहजनक वृद्धि, पहिलो त्रैमासमै तीन बैंकको नाफा अर्ब रुपैँयामाथि

बैंकहरुको नाफामा उत्साहजनक वृद्धि, पहिलो त्रैमासमै तीन बैंकको नाफा अर्ब रुपैँयामाथि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा झण्डै ४७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नै २८ वाणिज्य बैंकहरुले १५ अर्ब ४३ करोड रुपैँया खुद नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको कुल नाफा दश अर्ब ५३ करोड रुपैँया रहेको थियो । बैंकहरुले तयार गरेको अन्तिम लेखापरिक्षण अघिको वासलातले तीन वाणिज्य बैंकको नाफा एक अर्ब रुपैँयामाथि रहेको देखाउँछ ।
सबैभन्दा बढी नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ, जसले १ अर्ब १२ करोड रुपैँया नाफा गरेको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंक क्रमशः एक अर्ब ५ करोड ४६ लाख र एक अर्ब ५ करोड २४ लाख रुपैँया नाफा कमाएका छन् ।
सबैभन्दा बढी नाफा बढाउनेमा एनआइसी एसिया बैंक देखिएको छ भने नेपाल बैंकको नाफा वृद्धिदर घटेको छ ।

पहिलो त्रैमासमा कसको नाफा कति?
राष्ट्रिय वाणिज्य – १ अर्ब ११ करोड ९० लाख रुपैँया
नेपाल इन्भेष्टमेन्ट– १ अर्ब ०५ करोड ४६ लाख रुपैँया
नबिल– १ अर्ब ५ करोड २४ लाख रुपैँया
नेपाल बैंक– ९१ करोड ३८ लाख रुपैँया
एनआइसी एसिया– ७८ करोड ६ लाख रुपैँया
कृषि विकास बैंक– ६६ करोड रुपैँया
हिमालयन– ६४ करोड रुपैँया
स्ट्याण्डर्ड चार्टर्ड– ६३ करोड रुपैँया
एभरेष्ट– ६३ करोड रुपैँया
प्रभु बैंक– ५९ करोड रुपैँया
प्राइम बैंक – ५८ करोड रुपैँया
एनएमबी बैंक– ५५ करोड रुपैँया
ग्लोबल आइएमई– ५३ करोड रुपैँया
सिद्धार्थ – ५२ करोड रुपैँया
नेपाल एसबीआई– ४८ करोड रुपैँया
एनसीसी बैंक– ४६ करोड रुपैँया
सिटीजन्स– ४२ करोड रुपैँया
मेगा बैंक– ४० करोड रुपैँया
बीओके– ३८ करोड रुपैँया
माछापुछ«े– ३७ करोड रुपैँया
कुमारी बैंक– ३५ करोड रुपैँया
सनराइज बैंक – ३३ करोड रुपैँया
जनता बैंक – ३२ करोड रुपैँया
लक्ष्मी बैंक – ३० करोड रुपैँया
एनबी बैंक– ३० करोड रुपैँया
सेञ्चुरी बैंक– २७ करोड रुपैँया
सिभिल बैंक– १८ करोड रुपैँया

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x