Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

बजेट खर्चको अवस्था बुझ्न अर्थ समितिले सरकारलाई डाक्यो, राजस्व असुली जति पनि छैन खर्च

बजेट खर्चको अवस्था बुझ्न अर्थ समितिले सरकारलाई डाक्यो, राजस्व असुली जति पनि छैन खर्च

काठमाडौं । अर्थ समितिले सरकारको खर्चको अवस्था बुझ्न अर्थमन्त्री, सचिवहरु तथा महालेखा नियन्त्रकलाई बोलाएको छ । अहिले अर्थ समितिको बैठक चलिरहेको छ । पहिलो चौमासिकमा सरकारको खर्चको अवस्था निराशाजनक रहेको छ । सरकारले राजस्व उठाएजति पनि खर्च गर्न सकेको छैन । डा. युवराज खतिवडाले ल्याएको यस आर्थिक वर्षको बजेटले प्रदेश र स्थानीय तहमा जाने सशर्त बाहेकका अनुदान पहिलो किस्तामा ४० प्रतिशत दिएपछि हरेक त्रैमासमा खर्चको आधारमा दिने गरी कडाइँ गरेका छन् । तल्लो तहका सरकारले पनि खर्च गर्न नसकेकाले अनुदान पठाउनुपर्ने दबाब केन्द्र सरकारलाई छैन । फलस्वरुप सरकार बजेट सरप्लसमा छ ।
यो अवधिमा सरकारले २८६ अर्ब ४५ करोड रुपैँया राजस्व संकलन गरेको छ । तर कुल बजेट खर्च भने २४४ अर्ब ७७ करोड रुपैँया रहेको छ । पहिलो चौमासिकमा सरकारले कुल बजेटको झण्डै १८ प्रतिशतमात्र खर्च गरेको छ । तर राजस्व भने वार्षिक लक्ष्यको ३० प्रतिशत उठाइसकेको छ । समीक्षा अवधिमा पुँजीगत खर्च ८.३ प्रतिशत र चालु खर्चतर्फ भने विनियोजित बजेटको २४ प्रतिशत खर्च भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x