Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्रिय वाणिज्य बैंकद्धारा अनाथ बालबालिकाहरुको लागी १२ लाख सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्धारा अनाथ बालबालिकाहरुको लागी १२ लाख सहयोग

काठमाडौ, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङ्गलाई एक समारोहका बीच गत शनिबार चेक हस्तान्तरण गरेका छन् ।

मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु मुस्कान सेवा नेपालका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x