Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

राष्ट्र बैंक १० अर्ब रुपैयाँको रिपो जारी गदैं

राष्ट्र बैंक १० अर्ब रुपैयाँको रिपो जारी गदैं

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज मंसिर १२ गते १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रिय बैंकले बोलक बोल मार्फत रिपो जारी गर्ने जनाएको छ ।

ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि दुई हप्ता अवधिको रिपो जारी गर्ने राष्ट्र बैंकको कार्यविधिले जनाएको छ । ५ प्रतिशत ब्याजदरमा आवश्यकता अनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट रिपो जारी हुनेछ । बोलकबोलमा रिपो खरिदका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मात्र भाग लिन पाउने छन् । रिपो उपकरण प्रयोग गर्नको लागि तोकिए बमोजिमका सुरक्षणपत्र (टे«जरी बिल, विकास ऋणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्र) धितो राख्नु पर्नेछ । रिपो बोल गर्दा काण्टरपार्टीले लिन चाहेको बोल रकम उल्लेख गर्नुपर्ने तथा धितो राख्न चाहेको सुरक्षणपत्रको विवरण समेत उल्लेख गर्नुपर्नेछ ।

बोलकबोलमा न्यूनतम १ करोड रुपैयाँ वा १ करोड रुपैयाँले भाग जाने अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x