Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

जलविद्युत क्षेत्रको विकासमा सर्वसाधारणहरुको शेयर सहभागिता, जलविद्युत कम्पनीहरु शेयर निष्कासन गर्दै

जलविद्युत क्षेत्रको विकासमा सर्वसाधारणहरुको शेयर सहभागिता, जलविद्युत कम्पनीहरु शेयर निष्कासन गर्दै

काठमाडौं, ११ मंसिर । नेपाल धितोपत्र बोर्डमा १८ कम्पनीहरुले साधारण शेयर निष्कासनका लागि आवेदन दिएका छन् । यी १८ कम्पनीहरु साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्डको स्विकृतिको पर्खाइमा रहेका छन् ।

साधारण शेयर निष्कासनको आवेदन दिएका १८ कम्पनीहरु मध्ये १ आराम्भ लघुवित्तीय संस्था हो भने बाँकी १७ कम्पनीहरु जलविद्युत परियोजनाहरु हुन् । यी १८ वटै कम्पनीहरुले ६ अर्ब २४ करोड १३ लाख ७७ हजार एक सय रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्नेछन् । आराम्भको २ करोड ९४ लाख रुपैयाँ बराबरको प्राथमिक निष्कासनलाई हटाउँदा १७ जलविद्युत परियोजनाहरुको मात्रै ६ अर्ब २१ करोड १९ लाख ७७ हजार एक सय रुपैयाँको प्राथमिक निष्कासन हुँदैछ । यो तथ्याङ्कलाई हेर्ने हो भने प्राथमिक निष्कासनका लागि आवेदन दिने कम्पनीहरुमा जलविद्युत परियोजनाहरुको बाहुल्यता रहेको छ ।

यस्तै धितोपत्र बोर्डमा पुनः शेयर निष्कासन एफपिओका लागि ३ वटा कम्पनीहरुले आवेदन दिएका छन् । यी ३ कम्पनीहरु मध्येमा पनि एउटा जलविद्युत कम्पनी बुटबल पावरले एफपिओ निष्कासनको लागि आवेदन दिएको छ । एफपिओको लागि आवेदन दिनेमा एनएमबी बैंक र प्रिमियर इन्स्योरेन्स पनि रहेको छ ।

आखिर किन जलविद्युत परियोजनाहरुले सर्वसाधारण लगानीकर्ताहरुको समेत शेयर सहभागिता खोजिरहेका छन् ? जलविद्युत परियोजनाहरु प्राविधिक र आर्थिक रुपमा निमार्ण गर्न कठिन भएको अवस्थाका कारण सर्वसाधारणहरुको सहभागिता खाँचो भएको हो । यसरी सर्वसाधारणहरुको शेयरमा सहभागिताले जलविद्युत परियोजनाहरुको निमार्णमा सहजता आउने धारणा रहेको छ । एउटा जलविद्युत परियोजनाको निमार्णले परियोजना स्थल र आसपासको क्षेत्रको विकास भएको उदाहरण सबैले देखिसकेको छ । यसरी जलविद्युत परियोजनाहरुको निमार्ण सम्पन हुँदा स्थानिय तहका साथै समग्र मुलुकको विकास हुने सबैले बुझेका छन् । अझै जलविद्युत परियोजनाहरुमा सर्वसाधारणहरुको शेयर सहभागिताका कारण सर्वसाधारणहरुमा अपनन्त्व बढ्दै गएको छ भने परियोजनाहरुको निमार्णमा समेत सहयोग मिल्दै आएको छ ।

जलविद्युत उत्पादनको सम्भावना प्रचुर मात्रामा रहेता पनि हामीले भने यस क्षेत्रबाट आशातित सफलता हासिल गर्न सकेका छैनौं । गत वर्षसम्म हामीले विद्युत आपुर्तिको उचित व्यवस्थापन गर्न नसक्दा मुलुकमा लोडसेडिङ हुन्थ्यो । तर अहिले हामी लोडसेडिङ मुक्त भएका छौं । यस बिचमा केहि मात्रामा विद्युत थपिएका पनि छन् र आगामी दिन थप विद्युतको आपुर्ति बढ्ने छ ।

यता जलविद्युत क्षेत्रमा सर्वसाधारणहरु लगानीले जलविद्युत परियोजनाहरुको निमार्णमा तव्रिता पाउने आशा गरिएको छ । जलविद्युतमा सर्वसाधारणहरुको लगानी हुँदा लगानीको प्रतिफल दिन कै लागि भएपनि जलविद्युत परियोजनाहरुले निमार्ण सम्पन्न गरि विद्युत बिक्री गर्न बाध्य हुन्छन् । यसका साथै जलविद्युत क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा समेत वृद्धि आउने हुन्छ ।

अहिले नेपाल स्टक एक्सचेन्जमा १७ जलविद्युत कम्पनीहरु सुचिकृत छन् । प्राथमिक शेयर निष्कासन र बाँडफाँड पछि अन्य जलविद्युत कम्पनीहरु समेत नेप्सेमा सुचिकृत हुनेछन् । बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको नेप्सेमा जलविद्युत कम्पनीहरुको संख्यामा हुने वृद्धिले लगानीकर्ताहरुको लगानीमा विविधिकरण आउने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x