Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माथिल्लो तामाकोशीको सेयर बाँटफाँट, आवेदन दिने सबैलाई न्यूनतम ४० कित्ता

माथिल्लो तामाकोशीको सेयर बाँटफाँट, आवेदन दिने सबैलाई न्यूनतम ४० कित्ता

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको सर्वसाधारणका लागि खुला गरिएको शेयर बाँटफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँटफाँट गरिएको हो ।

तामाकोशीको शेयरमा आवेदन गरेका ३ लाख ३९ हजार ७ सय ७५ आवेदक मध्ये ३ लाख ३४ हजार ७५ आवेदकले मात्र शेयर पाएका छन् । दोहोरो आवेदन गरेका कारण ५ हजार ७ सय आवेदकहरुलाई शेयर बाँटफाँट प्रकृयामा सहभागि नगराइएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भनेर शेयर निष्काशन भइसकेको छ ।तर सञ्चयकर्ताले सर्वसाधरणकातर्फबाट पनि आवेदन दिएकाले सेयर आवेदन दोहोरिएको हो ।
जस अनुसार सबै आवेदकले न्यूनतम ४० कित्ताका दरले शेयर पाएका छन् । यसरी शेयर बितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयर १० कित्ताका दरले गोलाप्रथाबाट कुल आवेदक मध्येका १ लाख ७२ हजार ७ सय ७५ आवेदकलाई बितरण गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ३९ हजार ७५ आवेदकबाट ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता शेयर माग भएको थियो ।

जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशनकर्ता सनराइज क्यापिटल रहेका छन् ।

कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । प्राथमिक निष्काशनतर्फ न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । जसलाई सरकारले राष्टिय गौरवको आयोजनामा समावेश गरेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना सम्पन्न हुँदा लागत भने अनुमानभन्दा दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आयोजनाले आगामी वर्षदेखि विद्युत् उत्पादन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x