बिहीबारदेखि आइतबारसम्म यातायातमा जोर-विजोर प्रणाली लागू हुने

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहिबार देखि जोर(बिजोर प्रणाली लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एशिया प्यासेफीक सम्मेलनका कारण मंसिर १३ गते बिहीबारदेखि देखि १६ गते सोमबारसम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने भएको हो ।

सम्मेलनमा भाग लिन काठमाडौं आउने विशिष्ट अतिथिको आवागमन सहज बनाउन उक्त व्यवस्था गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जस अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी साधन मात्रै सञ्चालनमा गर्न पाउने छन् भने १४ र १६ गते जोर नम्बरका सवारी साधनमात्र सञ्चालन हुनेछन् ।

अत्यावश्यक सेवा र शिक्षण संस्थाका सवारी साधनमा यो नियम पालना गर्न नपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *