Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआई सी एशिया बैंकले ग¥यो सानिमा ईन्स्योरेन्स कम्पनी सँग बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया बैंकले ग¥यो सानिमा ईन्स्योरेन्स कम्पनी सँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ११ मंसिर । एनआई सी एशिया बैंक लिमिटेडले सानिमाइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्सको निर्जीवन बीमापोलिसीहरु खरिद गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशकसुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६६ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x