Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मंगलबार सेयरबजारमा झिनो अंकको वृद्धि

मंगलबार सेयरबजारमा झिनो अंकको वृद्धि

काठमाडौं, ११ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ दशमलव ६१ अंकले बढेर १ हजार १ सय ६१ दशमलव ४३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

आज कुल १ सय ५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर खरिदबिक्री हुँदा २३ करोड १६ लाख ८२ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै भन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । जसको आज १ करोड भन्दामाथिको शेयर कारोबार भएको हो ।

त्यस्तै आज सर्वाधिक कमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ८.३७ प्रतिशतले बढेको छ ।

साथै आज सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ .९२ प्रतिशतले घटेको छ ।
यसैगरि मंगलबार बैंकिंग समूह, विकास बैंक, होटल, जलविद्युत र अन्य समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x