नेपाल पर्यटन बोर्डका सिईओ जोशीलाई पाटा नेपाल च्याप्टरको सम्मान
काठमाडौं, १४ मंसिर । पाटा नेपाल च्यापटरले नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिईओ) तथा पाटा नेपाल च्याप्टरका उपाध्यक्ष दिपकराज जोशीलाई सम्मान गरेको छ । जोशीले नेपालको टुरिजम क्षेत्रमा पहिलो अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको भन्दै पाटा नेपाल च्याप्टरले सम्मान तथा कदर पत्र प्रदान गरेको हो ।
बेलायतको राजधानी लण्डनमा गत नोभेम्बर ८ मा आयोजित इन्टरनेश्नल ट्राभल क्राईसिस म्यानेजमेन्ट नामक कार्यक्रमम जोशीलाई इन्टरनेश्नल फर पीस थु्र ट्राभल एण्ड टुरिजम संस्थाले हाइएस्ट्र आईआईपिटी च्याम्पियन इन च्यालेन्ज अवार्ड २०१८ प्रदान गरेको थियो । जोशीले आफुले प्राप्त गरेको अवार्ड आफ्नो मात्र मेहनतले नभएर सम्पुर्ण नेपालको पर्यटन क्षेत्रको सहयोग र साथमा प्राप्त गरेको बताए । आगामी दिनमा पनि आफ्नो जिम्मेवारी र नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि सधै लागि पर्ने पनि उनले बताए ।
पाटा एसिया क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन, २५ बढी अन्तर्राष्ट्रिय एयरलाइन्स र एयरपोर्ट, १ सय ८ हस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका अवद्ध छन् ३६ बढी स्थानीय च्याप्टरमा लाखौ पर्यटन व्यवसायी संलग्न छन् ।