Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआइसी एशियाको शाखा संजाल २ सय ६७ पुग्यो

एनआइसी एशियाको शाखा संजाल २ सय ६७ पुग्यो

काठमाडौं, १४ मंसिर । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २६, स्थित बुढिबजारमा शाखा विस्तार गरेको छ । यो शाखा कार्यालय सहित बैंकको मुलुमभर कुल शाखा संख्या २ सय ६७ पुगेको छ । उक्त शाखाको उद्घाटन बंैकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका थिए ।

२ सय ६७ शाखा कार्यालय सहित बैंकको २ सय ७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् । बैंकको वासलातको आकार २१२ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । जसमा कुलनिक्षेप करिब १६९ अर्ब रुपैयाँ तथा कर्जा १४४ सय रुपैयाँ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकले जनाएको छ । ग्राहकको संख्या पनि करिब १३ लाख ५० हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x