उद्योग दर्ताका लागि एकद्वार प्रणालीमा जान कानुन संसोधनको गृहकार्य

काठमाडौं, मंसिर १५ । नयाँ उद्योग एव ब्यवसाय दर्ताका लागि व्यवसायीले भोग्दै आएका लम्बेतान प्रक्रिया हटाउन र लगानी आकर्षणकालागि सरकारले एकद्वार प्रणालीबाट दर्ता प्रक्रिया गर्न सकिने गरी  कानुन संशोधनको गृहकार्य शुरु गरको छ ।

गएको चौमासिक अवधिमा गत बर्षको चौमासिक अवधिमा भन्दै झण्डै ३० प्रतिशतले उद्योगिक लगानी कम आएपछि प्रक्रियमा समस्या देखाउदै सरकारले कानुन संशोधनको तयारी गरेको हो ।

कानून एकद्धार लगानीकर्ताले उद्योग दर्ताको लागि आवश्यक कागजात वुझाएपछि व्यवसायीक भिषा र कर दर्तासम्मका प्रकृया चाँडोमा २० दिन र वढीमा एक महिना भित्र सकिने विभागको भनाइ छ । त्यसको लागि उद्योग विभागको परिसरमा छुट्टै नयाँ भवन पनि वनिरहेको छ । एकद्वार नीति लागु भएपछि लगानीकर्ताहरुले अध्यागमन र राष्ट्र वैकको प्रकृयामा भोग्दै आएको समस्या हट्ने बताइएको छ ।

यसका लागि हाल त्यसका लागि उद्योग मन्त्रालयले आवश्यक कार्यविधि समेत तयार गरेको छ । सो कार्यविधि थप सुझावको लागि उद्योग दर्तासँग सरोकार राख्ने मन्त्रालयलाइ पठाइएको छ ।यस अघि पनि एकद्वार नीति लागु गर्न खोजे पनि सवै निकायका प्रतिनिधि सहभागि नहुँदा सफल हुन सकेको थिएन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *