Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रपति भण्डारी युरोप जानुहुँदै

राष्ट्रपति भण्डारी युरोप जानुहुँदै

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप तर्फ जाँदै हुनुहुन्छ ।

पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो ।राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ ।

पोल्याण्डको काटबिचेमा यही मंसिर १६ देखि २८ गतेसम्म हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धिका पक्षहरुको २४ औं सम्मेलन, हुदै छ । विश्वका १९६ मुलुकका नेता तथा वातावरण क्षेत्रका सरोकारवालाहरु गरी करीब ३० हजार जनाले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाको रुपमा लिइएको छ ।

कोप 24 को प्रमुख उद्देश्य पेरिस जलवायु परिवर्तन सम्झौता कार्यान्वयनका निर्देशिका पारित गर्नु रहेको छ । सम्मेलनले विकासशील मुलुकलाई प्रविधि सहयोग, क्षमता विकास तथा वित्तीय सहयोगका लागि कार्यान्वयनको बलियो उपाय उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा क्योटो प्रोटोकलका पक्षहरुको १४ औं बैठक र पेरिस सम्झौताका हस्ताक्षरकर्ताहरुको सम्मेलन पनि आयोजना हुनेछ । सम्मेलनको अवधिमा डिसेम्बर ४ मा जलवायुसम्बन्धी उच्चस्तरीय कार्यसम्मेलन हुनेछ । जलवायु परिवर्तन नियन्त्रणका लागि नीतिगत विकल्प कार्यान्वयन गर्न उच्चस्तरीय सहभागिता बलियो बनाउने सम्मेलनको लक्ष्य रहेको छ ।

यसै सम्मेलनका समयमा वैज्ञानिक तथा प्राविधिक सल्लाहका लागि सहायक निकायको ४९ औँ बैठक तथा कार्यान्वयनका लागि सहायक निकायको बैठक पनि बस्नेछ । सम्मेलनमा नयाँ तथा सबलीकरण स्वेच्छिक प्रयास, पाइला तथा गठबन्धनको घोषणा गर्न पक्षहरुलाई अवसर प्रदान गर्ने, भएका प्रगति समीक्षा गर्ने तथा पक्ष, अन्तर्राष्ट्रिय संस्था, अन्तर्राष्ट्रिय सहकारी प्रयास तथा गैरसदस्यीय पक्षहरुका उच्चतहका पदाधिकारीको सहभागितालाई अवसर दिने काम हुनेछ ।

सम्मेलनमा मानवीय आवास, उद्योग, पानी, महासागर, तटीय क्षेत्र, ऊर्जा तथा भूमिको उपयोगका विषयमा पनि विभिन्न बैठक आयोजना हुनेछन् । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x