Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुलुक निर्माणको चरणमा रहेकाले व्यापारघाटा बढ्न गयो : मन्त्री खतिवडा

मुलुक निर्माणको चरणमा रहेकाले व्यापारघाटा बढ्न गयो : मन्त्री खतिवडा

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री डा.युवराज खतिवडाले अंकलाई मात्र प्राथमिकता नदिन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका छन् । व्यापारघाटाको समाचारलाई लक्षित गर्दै मन्त्री खतिवडाले अंक मात्र बढी भयो भन्दा पनि कस्ता सामाग्री आयात भए भन्ने विषयलाई पनि प्राथमिकता दिन आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २१ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक विकासको चरणमा रहेको र त्यसका लागि आवश्यक थुप्रै औजार, उपकरणहरु आयात भएकाले व्यापारघाटा बढ्न गएको बताए । “मुलुकमा थुप्रै निर्माणका कामहरु भइरहेको छ, १० हजार मेगावाट विद्युत उत्पादन गर्न कति औजार चाहिन्छ, मन्त्री खतिवडाले भने–पर्यटक आगमन बढाउन हवाई जहाज पनि किन्नु परेको छ अनि व्यापारघाटा बढ्यो मात्र भनेर हुन्छ ?”

त्यस्तै निर्यात बढ्न नसक्नु पनि व्यापारघाटा बढ्नुको अर्को कारण भएको भन्दै मन्त्री खतिवडाले विभिन्न कारण निर्यातामा मुलुकको प्रतिस्पर्धी क्षमता घट्न गएको बताए । त्यसका लागि सरकार सबैसँग सहकार्य गर्दै अघि बढीरहेका पनि उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x