Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

लघुवित्तको विकासका लागि सरकार सहयोग गर्न तयार छ : प्रधानमन्त्री ओली

लघुवित्तको विकासका लागि सरकार सहयोग गर्न तयार छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ मंसिर । मुलुकभरिका लघुवित्त सदस्यहरुसँग अन्तरकृया गरि लघुवित्त क्षेत्रको समस्या समाधान र विकास गर्ने उद्धेश्यले दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु भएको छ । नेपालमा लघुवित्तको सेवा सुरु भएको ३ दशक पुगेको उपलक्ष्यमा आज देखि काठमाडौंमा सुरु भएको २ दिने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा आलीले गरे ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले लघुवित्तको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । जनताको आवश्यकता अनुसार नीति निमार्ण गर्ने आश्वासन पनि उनले दिए । सरकारले कृषि क्षेत्रको लागि अनुदान र गरिबी निवारणका लागि विभिन्न सरकारी कोषहरुको स्थापना गरेको तर सो कोषको रकम दुरुपयोग भएको भन्दै प्रधानमन्त्री ओलीले अब अनुदानको रकमको हिसाब खोजिने र कोषहरुमा जम्मा भएको रकमको पनि सहि चरिचालन गरिने बताए ।

ग्रामिण भेगका जनतालाई सेवा दिने उद्धेश्यले स्थापना भएका लघुवित्तहरु सहर केन्द्रित भएको भन्दै उनले ग्रामिण भेग र सहरी भेगमा संचालनमा रहेका संस्थाहरुलाई छुट्टा–छुट्टै ब्याजदर लागु गर्न निर्देशन पनि दिए । सोही कार्यक्रममा भुमिसुधार तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले सरकारले विगतमा गरेको प्रतिवद्धता पुरा हुदै गएको र आगामी दिनमा पनि सरकार जनताको आवश्यकतालाई बुझेर काम गर्ने बताईन् ।

त्यस्तै राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले पहिलो लघुवित्त सम्मेलनमा सरकारबाट प्राप्त निर्देशन अनुसार नै कामकारवाही गरेको जानकारी दिदै ग्रामिण भेगमा सेवा दिइरहेको लघुवित्तहरुको करको दायरा घटाउन सरकारसंग माग गरे । कर्जाको विस्तार तथा वित्तिय व्यवस्थापन कत्तिपय लघुवित्त संस्थाहरुले उल्लघंन गरिरहेको भन्दै उनले राष्ट्र बैंकको नियमन र निर्देशन उल्लघन गर्ने संस्थालाई कारवाहीको चेतावनी पनि दिए । पछिल्लो समयमा धेरै लघुवित्तहरुले लगानीकर्तालाई बोनस तथा लाभांश वितरण गर्दै नाफा कमाउन उन्मुख भएको हुँदा अब लघुवित्तले वितरण गर्ने लाभांशमा पनि क्याप लगाउने पनि शिवाकोटीले बताए ।

नेपाल लघुवित्त वित्तिय संस्था संघका अध्यक्ष राम चन्द्र जोशीले लघुवित्त संस्थाले केही बर्ष अगाडि सम्म २५ प्रतिशतसम्म ब्याजदरमा कर्जा लिएको र अब १८ प्रतिशत कायम गर्दा पनि बढी भएको गुनासो गर्नु उचित नभएको बताए । लघुवित्तहरुले आफ्नो प्रशासनिक खर्च कटाएर भएपनि सस्तो व्याजदरमा समुहहरुमा कर्जा वितरण गरेको तर समुहहरुले उद्यमी तथा उद्यमशीलतको विकासमा भन्दा कर्जा लिनमा बढी केन्द्रित भएर समुह संचालन गरेको उनको भनाई थियो । स्वाबलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तहरुले आफ्नो स्थापनाको उद्धेश्य बिर्सिएर सेयर सम्बन्धी कारोबारमा बढी सकृय भएको बताए । सोही कारण लघुवित्त क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको र गरिबी निवारणमा भन्दा बढी लगानी र नाफा कमाउनमा लघुवित्तहरु केन्द्रित भएको उनको भनाई छ ।

त्यसैगरि आज पहिलो दिनको अन्तरकृयामा सहभागी सदस्यहरुले लघुवित्तले वितरण गर्ने कर्जाको ब्याजदर घटाउन माग गरेका थिए । स्वच्छ सहकारी, हाम्रो अभियान भन्ने मुल नाराका साथ स्वालम्वन विकास केन्द्रले आयोजना गरेको गरेको उक्त २ दिने सम्मेलनमा नेपालको लघुवित्त क्षेत्रमा भएको समस्याहरुको पहिचान गर्दै लघुवित्तको विकासका लागि सदस्यहरु र सरोकारवालाहरुसंग अन्तरकृया गरिने आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x