Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विकास आयोजनाको प्रगतिबारे संसद समितिमा छलफल

विकास आयोजनाको प्रगतिबारे संसद समितिमा छलफल

काठमाडौं, १६ मंसिर । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले विभिन्न विकासे आयोजनाका विषयमा छलफल गर्दै छ । आयोजना बारे छलफल  गर्न  समितिले खानेपानी मन्त्री र सचिवलाई बोलाएको छ । आज दिउसो बस्ने बैठकमा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने समितिले जनाएको छ ।

मेलम्चीको पानी दशैं अगावै काठमाडौं ल्याउने भनिएपनि अझै भौतिक संरचना निर्माणका काम नै सकिएको छैन । यस्तै नेपालगञ्ज र बुटवलमा खानेपानी आयोजनामा देखिएका अनियमितताका विषयमा पनि आजको बैठकमा छलफल हुने छ । समितिले ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति मार्फत सञ्चालित खानेपानी तथा सरसफाई आयोजनाको वस्तुस्थितिका समेत छलफल गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x