Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

दुई दिने एसिया प्यासिफिक सम्मेलन आज सकिदै, प्रधानमन्त्रीले समापन गर्ने

दुई दिने एसिया प्यासिफिक सम्मेलन आज सकिदै, प्रधानमन्त्रीले समापन गर्ने

काठमाडौं, १६ मंसिर । काठमाडौंमा जारी एसिया प्यासिफिक सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै आज सकिदै छ । युनिभर्सल पिस फेडरेसनको आयोजनामा ह्यात होटल जारी सम्मेलनको दोश्रो दिन आज जलवायु परिवर्तन, सञ्चारमाध्यम र पारिवारिक सुदृढिकरणसम्बन्धी विभिन्न चरणका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा ‘वर्तमान समयका चुनौतीमाथि सम्बोधन, अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।

दुई दिने सम्मेलनमा सहभागी हुन विभिन्न ६ मुलुक सरकार तथा राष्ट्र प्रमुख, उप प्रमुख काठमाडौं आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *