Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

माथिल्लो कर्णालीका लागि जिएमआरको म्याद थपिरहन सकिदैन– मुख्यमन्त्री शाही  

माथिल्लो कर्णालीका लागि जिएमआरको म्याद थपिरहन सकिदैन– मुख्यमन्त्री शाही  

दैलेख, २० मंसिर  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णालीको जिम्मा लिएको जिएमआर कम्पनीले लगानी जुटाउन नसके उक्त आयोजना प्रदेश सरकार आफैले निर्माण गर्न तयार रहेको बताएका छन् ।

दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शाहीले नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको भन्दै लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिरहन परेको बताए । उनले अव पनि पटक पटक म्याद थपिरहन नसकिने भन्दै अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्ने र कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्न तयार रहेको उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रत मार्गको सम्भाव्यता अध्ययन भइरहेको समेत जानकारी गराए ।  मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने बताए ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x