आफ्नै एफएमबाट पाण्डेले भने, मुसाले भत्काएको नहरको क्षतिपूर्ति मैले किन तिर्ने ?
काठमाडौं,२३ मंसिर । सिक्टा सिचाइ आयोजनका ठेक्दार एव पूर्व मन्त्री विक्रम पाण्डेले नहर मुसाले भत्काएको भन्दै मुसाले भत्काएको नहरको आफुले क्षतिपुर्ति नतिर्ने बताएका छन् । आफै मालिक रहेको कालिका एफ एम मा अन्तरवार्ता दिदै पाण्डेले नहर कमजोर नबनाइएको बताए ।
‘सिक्टाको नहरको डिजाइन कमजोर बनाइएको छैन । जम्मा सात मिटर भत्किएको हो त्यो पनि मुसाले भत्काएको हो । मूसाले भत्काएको नहरको क्षेतिपुर्ति मैले किन तिर्ने? पाण्डेले कालिका एफमा समय सन्दर्भमा भने । उनले राष्ट्रिय गौरवको आयोजना मध्ये सवै भन्दा राम्रो कमा सिक्टा सिचाइमा आयोजनामा भएको बताए । उनले नियोजित किसिमबाट नहर भत्काइएको आरोप लगाएका छन् ।
गत शुक्रबार अख्तियारले सिक्टा सिचाइ नहरमा ८ अर्व बढीको भ्रष्टाचार भएको भन्दै पूर्व मन्त्री समेत रहेका राप्रपा नेता पाण्डे सहित २१ जान विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । सुन्नुहोस उनको अन्तर्वार्ता