Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीको आकर्षण बढ्दो

सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीको आकर्षण बढ्दो

काठमाडौं, २३ मंसिर ।  सरकारले मंसिर ११ गते घोषणा गरेको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा अहिलेसम्म झण्डै २ सय बढी रोजगारदाता कम्पनील दर्ता गराएका छन  । हाल सम्म काठमाडौं उपत्यका र प्रदेश तीन भित्रका गरी १ सय ९४ रोजगारदाता दर्ता भएका छन् । सरकारले काठमाडौं उपत्यकामा मंसिर ६ गतेदेखि र उपत्यका बाहिर प्रदेश नम्बर ३ मा मंसिर १५ गतेदेखि लागू हुने गरी तीन महिनाभित्र निजी रोजगारदाता कम्पनीलाई कोषमा अनिवार्य सूचीकृत हुन समय दिएको छ । सूचिकरण हुने समय शुरु भएलगत्तै रोजगारदाताले अनलाइनमार्फत विवरण पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सुचीकरण सुरु हुँदै 

अहिले राजधानी प्रदेशमा रहेका कामपनीहरु सुचीकृत भएका छन् भने प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचिकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचिकरण माघ १ गतेदेति, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचिकरण माघ १५ गतेदेखि सुरु हुनेछ । कोषले वैशाखसम्म सम्पूर्ण रोजगारदाता कम्पनी कोषमा सूचीकृत भइसक्नु पर्ने गरी कार्यतालीका सार्वजनिक गरिसकेको छ रोजगारदाताले आफू सूचिकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचिकृत गर्नुपर्नेछ ।

यी हुन सुचीकृत भइसकेका कम्पनीहरु

कोषका अनुसार सुचीकृत हुनेमा होटल, अस्पताल, निजी विद्यालय, विभिन्न औद्योगिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी संस्था रहेका छन् । हाल सम्म सोल्टी होटल, कान्तिपुर इन्जिनियरिङ कलेज, भगवती स्टिल, नेपाल जलविद्युत् विकास कम्पनी, नर्भिक इन्टरनेशनल अस्पताल, चन्द्रागिरी हिल्स, हेल्भेटास नेपाल, सिजी फुड्स, लक्ष्मी बैंक, सिजी सिमेन्ट, यति एयरलाइन्स, बज्र बाराही सेक्युरिटी सर्भिस, नेपाल पर्यटन बोर्ड, देउराली जनता फर्मास्युटिकल्स र मङ्गलसने नगरपालिकालगायतले आफूलाई कोषमा सूचीकृत गराइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x