अन्तर प्रदेश परिरषद् बैठकका लागि सातै प्रदेशमा मुख्यमन्त्री राजधानीमा
काठमाडौं,२३ मंसिर । बहुप्रतिक्षित अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ। प्रदेश र केन्द्र सरकारसँग कानुन क्षेत्रअधिकार लागयतका विषयमा विवाद आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गरेका हुन्। बैठकका लागि सातै बटा प्रदेशबाट मुख्यमन्त्रीहरु राजधानी काठमाडौं आइपुगेका छन् ।
बैठकमा प्रदेश सरकारलाइ परेको असजिलो, कानुन निर्माण, साझा अधिकारको प्रयोग, वित्त आयोग गठनमा भएको ढिलाइ लगायतका विषयले प्रवेश पाउने बताइएको छ । बैठकले प्रदेश र संघीय सरकार बीच देखिएको तिक्तता हटाउने र जटिलताहरु चिर्दै आइसब्रेक गर्ने बताइएको छ ।
बैठकमा सात प्रदेशका मुख्यमन्त्री, संघका गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा सहभागी हुनेछन् संघीय सरकारका सचिव र प्रदेश मन्त्रालयका सचिवहरुलाइ समेत बोल्याइएको छ । सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको ४ । यस्तै बैठकमा मु्ख्य गरेर गत भदौमा पोखरामा सम्पनन् मुख्यमन्त्रीहरुको भेलालाे पारित गरेका विषयलाइ प्राथामिकताका साथ राखिने बताइएको छ ।