नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा विषेश छुट
काठमाडौं, २४ मंसिर । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द«मा विशेष छुट र सुविधा पाउने पाउने भएका छन् । नबिल बैंक, दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रमा बिच उपचारमा विशेष छुट दिने सम्झौता भएको हो ।
उपचारसँगै कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्सा सेवाहरु प्रदान गर्ने छ । ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप दिर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रसंगको सम्झौताले कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।