Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकको शाखा संजाल २ सय ७० पुग्यो

एनआईसी एशिया बैंकको शाखा संजाल २ सय ७० पुग्यो

काठमाडौं, २४ मंसिर । एनआईसी एशिया बैंकले झापा गाउँपालिका वडा नं.२, झापा बजारमामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले उद्घाटन गरे ।

यो सँगै बैंकको कुल शाखा संजाल २ सय ७० पुगेको छ । त्यस्तै २ सय ८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकको वासलातको आकार पनि रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x