Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ज्योति विकास बैंक नयाँ शाखा वालिङ र तानसेनमा

ज्योति विकास बैंक नयाँ शाखा वालिङ र तानसेनमा

काठमाडौं, २४ मंसिर । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । तानसेन नगरपालिका वडा नं ४, तानसेन, पाल्पामा रहेको नयाँ शाखाको तानसेन नगरपालिका मेयर अशोक कुमार शाही र बैंकका संचालक नारायण प्रसाद पौड्यालले गरेका थिए ।

त्यस्तै वालिङ नगरपालिका वडा नं ८, वालिङ, स्याङ्जामामा रहेको नयाँ शाखाको पनि औपचारिक उद्घाटन वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x