इन्भेष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिने
काठमाडौं, २४ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने छ ।
हाल बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी १२ अर्ब ५६ करोड
रुपैयाँ पुग्नेछ ।