स्वरोजगार लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती
काठमाडौं, २४ मंसिर । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा मनोजकृष्ण उप्रेती नियुक्त भएका छन् ।निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी सम्हालिरहेका उप्रेतीलाई संस्थाको सञ्चालक समितिले आगामी पुस ५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
गत असोजमा उदयराज खतिवडाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेपछि उप्रेतीले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।