Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यस साता नेप्सेमा १अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार

यस साता  नेप्सेमा १अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार

काठमाडौं, २९ मंसिर । यस साता नेपाल स्टक एक्चेन्ज (नेप्से) मा १अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । कारोवार रकम गत साताको भन्दा कम हो । गत साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो ।

साताको पहिलो दिन आइतबार १,१३१.०७ शून्य विन्दुमा रहेको नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८.७८ बिन्दुमा पुगेको छ ।

साताभर कूल १६४ कम्पनीको शेयर कारोवार भएको छ । आइतबार कारोवार नेप्से परिसूचक १०.८५ विन्दुले बढेर १,१३१.०७ विन्दुमा पुगेको थियो । सो दिन कूल १५५ कम्पनीको ७,१४,६१८ कित्ता सेयर खरिद बिक्री हुँदा रु २२ करोड भन्दा बढीको कारोबार भयो ।

यस्तै सोमबार शेयरबजार १२.४९ विन्दुले वृद्धि भई १,१४४.१९ विन्दुमा पुग्दा १६३ कम्पनीको १२,६४,३४० कित्ता सेयर रु ४३ करोड भन्दा बढीमा कारोबार भएको थियो ।

आइतबार र सोमबार बढेको शेयरबजार मङ्गलबार भने ३.०८ विन्दुले घटेर १,१४१.१० विन्दुमा झर्यो। सो दिन कूल १६४ कम्पनीको १२,८६,५७५ कित्ता सेयर  रु ३८ करोड भन्दा बढी मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने बजार स्थिर जस्तै रह्यो । कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर १,१४१.१८ विन्दुमा कायम रह्यो । कूल १५६ कम्पनीको  ८,६५,७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ७.६ विन्दुले बढेर १,१४८.७८ विन्दुमा पुग्यो । सो दिन कूल १५४ कम्पनीको ९,९७,६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद बिक्री भए ।

शेयर बजारको सुधारको माग गर्दै शेयरलगानीकर्ताले आन्दोलन पनि जारी राखेका थिए । यद्यपि शुक्रबार सरकारले गठन गरेको कार्यदलले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x