Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

हराएको ३३ किलो सुन भारतमा बरामद

हराएको ३३ किलो सुन भारतमा बरामद

काठमाडौं, १ पौष । अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद गरिएको छ ।भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभागको टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो।

सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको बताए ।

दुबई हुँदै २०७४ माघमा भित्रिएको यो सुन त्रिभुवन विमानस्थलबाट पास गराइसकेपछि हराएको थियो। ३३ किलो सुन हराएपछि तस्करीमा संलग्न मोरङको उर्लाबारीका चूडामणि उप्रेतीले करेन्ट लगाएर यातना दिँदा एकजना भरिया उर्लाबारीकै सनम शाक्यको ज्यानसमेत गएको थियो।

पक्राउ परेका दुवैजना गृहको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित १९२ जना व्यक्तिमध्ये भएको पनि खुलेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *